सौरभ चौधरीको निर्देशनमा निर्माण हुने लागेको फिल्म ‘द अनब्रेकेबल : अगस्त्य’ च्याप्टर वानमा कलाकार थप् तिनजना कलाकार अनुबन्धित भएका छन् । कलाकारहरु प्रमोद अग्रहरी, रविन्द्र झा र विजय बराल निर्माण टिमसंग जोडिएका हुन् । फिल्मको कथा निर्देशक चौधरी स्वयंको हो ।दुई श्रृंखलामा निर्माण हुने फिल्मको जेठ १२ गतेबाट छाँयाकन सुरु हुनेछ । यस् अघी फिल्ममा सौगात मल्ल, मलिका महत र नाजिर हुसेन अनुबन्धित भैसकेका छ्न् । डार्क हर्स इन्टरटेन्मेन्टको प्रस्तुती रहने फिल्मको छायांकन नेपालमा काठमाडौं र नवलपरासीसँगै भारतमा गोरखपुर र बनारसमा हुनेछ । फिल्मलाई संजय लामाले खिच्नेछन् ।