अभिनेत्री श्रद्धा प्रसाईं र कमेडिएन बिक्कि अग्रवाल विवाह बन्धनमा बाँधिएकी छन् । लामो समय देखिको प्रेम सम्बन्धलाई यि दुईले बिहेमा परिणत गरेका हुन्   ।बुधबार आर्मी अफिसर्स क्लबमा  यि दुई बिहे गरीएको थियो । विवाह समारोहमा ‘कमेडी क्लब’का कलाकारहरुदेखि शोकी अध्यक्ष दीपाश्री निरौलासम्मको उपस्थिति रहेको थियो ।  पछिल्लो समय श्रद्धा र विक्की ‘कमेडी क्लब’मा आबद्ध छन् । विक्की यो शोका निर्देशक हुन् भने श्रद्धा चिफ असिस्टेन्ट डिरेक्टर हुन् । यसअघि उनीहरुले हाल बन्द रहेको ‘आम्मा कसम याँ दुख्छ’ नामक कमेडी शोमा पनि एकसाथ काम गरेका थिए ।त्यस्तै, श्रद्धाले केही फिल्म र म्यूजिक भिडियोमा पनि अभिनय गरेकी छन् ।