फिल्म  ‘डाकिनी’ आगामी जेठ ५ गतेबाट नेपालका हलमा प्रदर्शन हुने भएको छ । निर्माण टिमले फिल्मलाई जेठमै चलाउने निर्णय गरेका हुन् । बौद्ध धर्मका ठूला गुरु मानिने खिन्से नोर्बु (जोङसार खिन्से रिम्पोछे) ले  निर्देशन  गरेको फिल्मको सुटिङ पनौती र पाटनमा भएको थियो ।रिम्पोछेले पर्यटन बोर्डमा ‘ब्यूटी इज अ ट्रयाप’ विषयमा मास्टरक्लास पनि चलाउँदैछन् ।यसमा ६० प्रतिशत तिब्बती र ४० प्रतिशत नेपाली भाषाको प्रयोग भएको छ ।फिल्मको मुख्य भूमिकामा भियतनामका छिरिङ तासी र अमेरिकाबाट आएकी तेन्जिङ कुन्सेलले अभिनय गरेका छन् । साथै , नेपाली कलाकारहरु कर्मा, दिव्यदेव, रविन्द्रसिंह बानियालगायतको  पनि अभिनय देख्न सकिन्छ । खिन्से नोर्बुको यो पाचौं फिल्म हो । कम्पनी षट्कोण आर्टस्ले यो फिल्म नेपालमा प्रदर्शन गर्न लागेको हो ।