गायक सुगम पोखरेलको नयाँ गीत  सार्वजनिक भएको छ।"ठुले हरियो पासपोर्ट" बोलको गीत सुगमले बजारमा ल्याएका हुन् । गीतको शब्द सङ्गीत सुगम आफ्नै रहेको छ भने सङ्गीत संयोजन शैलेन्द्र प्रधानको रहेको छ। सार्वजनिक गीतमा  वैदेशिक रोजगारको सिलसिलामा विदेश गएका आम नेपालीहरू को कथा व्यथालाई प्रस्तुत गरिएको छ  । यति बेला क्यानडाको विभिन्न ठाउँहरू मा साङ्गीतिक टुर मा रहेका सुगमले यो गीतको भिडियो सार्वजनिक गरेका हुन्।गीतको भिडियो देवेन्द्र बब्लुले बनाएका हुन्। 

 

 

 

कलाकारहरू सिताराम न्यौपाने , जमुना न्यौपाने , केशव सिटौला सहित देवेन्द्र आफै ले पनि भिडियो मा अभिनय गरेका छन्। भिडियोलाई  विपिन दुलालले छायांकन गरेका हुन् भने सम्पादन नवीन घर्ती मगरले गरेका हुन्।