छायांकन हुँदा हुदै फिल्म 'भष्मे डन'को विदेशी राइट्स बिक्रि भएको छ । एकै दिन नेपाल र विदेशमा प्रदर्शन गर्ने तयारीका साथ फिल्मको राइट्स बिक्री गरिएको हो । विदेश राइट्स बिक्रीबापत दुई करोड रुपैयाँभन्दा बढी नेट कलेक्सन भएको छ । अमेरिका, अष्ट्रेलिया, जापान, दक्षिण कोरिया, मध्यपूर्व, मलेसिया र युरोपेली मुलुकमा फिल्म प्रदर्शन निश्चित भएको हो । दिपेन्द्र के खनालको निर्देशन रहेको भष्मे डनमा विपिन कार्की, स्वस्तिमा खड्का, सौगात मल्ल लगायतको शीर्ष भूमिका छ । फिल्मको लेखन तथा निर्माण खगेन्द्र लामिछानेले गरेका हुन् ।दशैंको छेको पारेर यो फिल्म आगामी कात्तिक ३ गते रिलिजमा आउने छ ।