चर्चित नेपाली ब्याण्ड अनुप्रस्थले आउदो जेठ ६ गते शनिबार आयोजना हुन गईरहेको ‘मिउजिक टु हिल एन्ड हेल्प’ च्यारिटी कन्सर्ट गर्ने भएको छ । भोकलिस्ट निरन शाहीले स्थापना गरेका अनुप्रस्थ फाउन्डेसन ‘पैसा बिना कोही मर्नु हुँदैन भन्ने नारा सहित´ गरिव तथा विपन्नको उपचारमा सहयोग पुर्याउने लक्ष्यका साथ उपचारमा आर्थिक सहयोग गर्दैसो कन्सर्ट आयोजना गर्न लागीएको हो। मिउजिक टु हिल एन्ड हेल्प’ च्यारिटी कन्सर्ट काल्म टङगालवुड, नक्सालमा हुदै छ ।च्यारिटी कन्सर्टमा नेपालक चर्चित  कलाकार तथा ब्यान्डको सहभगिता रहने छ जस्मा मुक्ति एंड द रिभाइभल, कबवेब, सविन राई एंड द फेरो, द एस ब्यान्ड,अनुप्रस्थ ब्यान्ड, द एलिमेन्ट, इन्दिरा जोशी एंड ब्यान्ड, महेश दोङग्, स्वप्निल शर्मा, मेलिना राई, क्याप्टेन विजय लामा, परिवर्तन ब्याण्ड र पहेंलो बत्ति मुनिको सहभागिता रहने छ । एस कार्यक्रम र डोनेसनबारे सम्पूर्ण जानकारी अनुप्रस्थ फाउन्डेसन तथा अनुप्रस्थ ब्यान्डको सामाजिक संजालबाट प्राप्त गर्न सकिन्छ ।