फिल्म ‘वेलकम टु हेम्जाकोट’को नयाँ प्रदर्शन मिति तय गरिएको छ ।  निर्माण टिमले  फिल्मलाई यहीँ जेठ्मा प्रदर्शन गर्ने निर्णय गरेका हुन् । फिल्म अब जेठ् २६ मा रिलिज हुने छ । सरोज पौडेलको लेखन तथा निर्देशनमा बनेको फिल्म क्लोजअप सिने प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको हो । तेज प्रसाद दाहाल, जितेन्द्र गिरी, बाबुराम कार्की, सुमन खड्का फिल्मको निर्माता हुन् ।मिलन श्रेष्ठको एक्सन, मित्र गुरुङको सम्पादन, दिर्घ गुरुङको डीओपी, कविराज गहतराज र गम्भिर विष्टको कोरियोग्राफी, शास्वत श्रेष्ठको व्याकग्राउन्ड म्यूजिक, इन्दिरा जोशी, शान्तिश्री परियार, अस्मिता अधिकारी, राज सागर, राजन इशानको गीतमा स्वर फिल्ममा रहेको छ । फिल्ममा बुद्धि तामाङ, विनोद न्यौपाने, दिनेश खड्का, सन्दिप सिग्देल, अम्बिका तामाङ, सुजाइरा कार्की, विशाल पहारी, रवि गिरी, लक्ष्मीनाथ तिमल्सीना, रश्मी भट्ट, अस्मिता पन्त, शारदा गिरी, बलदिव राई, स्व.जयनन्द लामालगायतको अभिनय छ ।