लगातार हिट फिल्म दर्शकलाई दिएका `छक्का पन्जा´ समुह नयाँ फिल्मको तयारीमा जुटेका छन् । फिल्मको प्रि-प्रोडक्सन सुरु गर्नुअघि दीपक-दीपाको टोलीले सोमबार बिहान पशुपतिनाथ पुगेर पूजाआजा गर्दै नयाँ फिल्मको तयारीमा जुट्न लागेका हुन् । केही दिनमानै फिल्मको टाइटल सार्वजनिक गर्न लागेको टिमको यो फिल्म भने ‘छक्कापञ्जा’ श्रृंखलामा आधारित हुनेछैन, तर नयाँ फिल्ममा ‘छक्कापञ्जा’कै समूह हुनेछन् । फिल्मको यतीबेला स्कृप्ट लेखनको काम संगै अन्य कामहरु भैरहेको छ । फिल्मको छायांकन तयारीमा छन् भने यो फिल्मलाई फागुनमा प्रदर्शन गर्ने तयारी छ ।