रियालिटी सो जितेपछि आफूले पाउने पुरस्कार नपाएको भन्दै थुप्रै विजेताहरूले गुनासो पोख्ने गरेका छन् । यसैको सिकार बनेका छन्, `कमेडि च्याम्पियनको सिजन २´ का विजेता भरतमणि पौडेल । एक वर्षको प्रतीक्षापछि तोकिएको पुरस्कार राशिभन्दा लगभग आधा मात्रै पाएको भन्दै गुनासो पोखेका हुन् । एक कार्यक्रममा उनले आफ्नो कुरा राख्दै आफूले पाउने पुरस्कार पुरै नपाएको बताएका हुन् । कमेडी च्याम्पियनका विजेताले पाउनु पर्ने पुरस्कारको रूपमा एउटा कार र नगद २५ लाख भनिएको थियो । तर भरतले १४ लाख २५ हजार मात्रै पाएको बताएका छन् । तोकिएको रकम भन्दा पनि आधा आफ्नो हातमा परेको उनको भनाइ छ । पौडेल भन्छन् :यति थोरै रकम आउँछ भने मलाई थाहा थिएन । अलि– अलि त काटिएला भन्ने सोचेको थिएँ तर झन्डै आधा नै काटिँदा अचम्ममा परेँ ।’ थप् उनी भन्छन् `विजेताले पाउने पुरस्कारमा कर नकाट्दिए र सुरुमा नै पुरस्कार राशि धेरै नभन्दिए हुन्थ्यो भनेर सुझाव दिएका छन् ।थोरै भए पनि यति पाइन्छ भनेर पहिले नै भनिदिएको भए हुन्थ्यो होला ।तर यती पाउँदा पनि आफू सन्तुष्ट नै रहेको पौडेल बताउँछन् ।