अभिनेता दिलिप रायमाझीको छोरी नेपाली फिल्म क्षेत्रमा पाइला टेक्ने भएकी छन्  । फिल्म ‘वरिष्ठ बलराम’ नेपाली सिने जगतमा नायिकाको रुपमा डेब्यु गर्न लागेकी उनलाई सुरेन्द्र पौडेल र रोहित अधिकारीले आफ्नो फिल्ममा डेब्यु गराउन लागेका हुन् । हाल् अमेरीकामा भएका कारण भने फिल्मटिम संग उनको कागजी सम्झौता भने भएको छैन ।  सुरेन्द्र पौडेलको निर्देशन तथा रोहित अधिकारीको निर्माणमा बन्न लागेको यस् फिल्मको लागी उनी आगामी एक/डेढ महिनाभित्रमा नेपाल आउँदैछिन् । उनको अपोजिटमा अभिनेता खगेन्द्र लामिछाने पक्का भएको बुझिएको छ । फिल्मको पटकथा खगेन्द्र स्वयंले तयार पारेका हुन् ।आगामी दशैंपछि छायांकनमा जाने फिल्मको लागी उनले  पारिश्रमि स्वरुप मोटो रकम लिएको बुझिएको छ ।