भोली बाट फिल्म ‘डाकिनी’ रिलिज मा आउदै छ । रिलिजको एकदिन बाकी रहदा निर्माण टिमले दर्शकलाई कौतुहल्ता जगाउन फिल्मको एक पोस्टर सार्वजनिक गरेका छन् । जसमा फिल्मका मुख्य कलाकार रविन्द्र सिंह बानियाँलाई प्रस्तुत गरिएको छ । कपालमा सिहुँरिएको गुलाबको फूल र गजरा (फूलको माला), आँखामा गाजल, ओठमा रातो रंगको लिपिस्टिक, गालामा पोते, हातमा चुरा, नङमा नेलपोलिस, सिउँदोमा सिन्दूर, निधारमा बिन्दी, चौबन्दी चोली र साडी लगाएका उनी ट्रान्सवुमन लुक्समा प्रस्तुत छन् ।बौद्ध धर्मका ठूला गुरु मानिने खिन्से नोर्बु (जोङसार खिन्से रिम्पोछे) ले निर्देशन गरेको फिल्मको सुटिङ पनौती र पाटनमा भएको थियो ।रिम्पोछेले पर्यटन बोर्डमा ‘ब्यूटी इज अ ट्रयाप’ विषयमा मास्टरक्लास पनि चलाउँदैछन् ।यसमा ६० प्रतिशत तिब्बती र ४० प्रतिशत नेपाली भाषाको प्रयोग भएको छ ।फिल्मको मुख्य भूमिकामा भियतनामका छिरिङ तासी र अमेरिकाबाट आएकी तेन्जिङ कुन्सेलले अभिनय गरेका छन् । साथै , नेपाली कलाकारहरु कर्मा, दिव्यदेव, रविन्द्रसिंह बानियालगायतको पनि अभिनय देख्न सकिन्छ । खिन्से नोर्बुको यो पाचौं फिल्म हो । कम्पनी षट्कोण आर्टस्ले यो फिल्म नेपालमा प्रदर्शन गर्न लागेको हो ।