अभिनेता अनमोल केसी र अभिनेत्री जसिता गुरुङ नया फिल्ममा अनुबन्धित भएका छन् । निर्देशक सुयोग गुरुङको निर्देशनमा बन्न लागेको फिल्म फिल्म ‘फर्की फर्की’मा दुईको जोडी बाँधिने भएको हो । फिल्मको लागी अभिनेता केसीसंग निर्माण टिमले कागजी सम्झौता पनि गरिसकेका छन् । जसिता भने केही हप्ताअघि नै सम्झौता भैसकेको थियो ।आगामी भदौ छेकोबाट छायांकनमा जान लागेको फिल्मको निर्मातामा रोहित अधिकारीसँगै ओम अग्रवाल र श्याम कँडेल रहेका छन् ।रोहित अधिकारी फिल्मस्, ओएसआर डिजिटल र हिमालय टीभीबीच सहकार्य भएको फिल्मको कथा तथा पटकथा निर्देशक गुरुङले तयार पारेका हुन् । नरेन्द्र मैनालीले फिल्मको छायांकन गर्नेछन् ।फिल्म लभस्टोरी कथामा बन्नेछ ।