फिल्म `नाङ्गो गाउँको´ को छाँयाकन सक्किएको छ । फिल्म ३३ दिनमा सोमबार ‘प्याकअप’ भएको हो । साथै फिल्मको केही गीतको छाँयाकन भने केही समय पछाडि सारिएको छ ।छायांकन सकिएसँगै निर्माण टिमले दयाहाङ राईको क्यारेक्टर लुक्स सार्वजनिक गरेको छ । जसमा उनी नेताको हुलियामा प्रस्तुत छन् ।दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको उक्त फिल्ममा दयाहाङ राई, मिरुना मगर, कर्मा, साम्राज्ञी राज्यलक्ष्मी शाह, शिशिर वाङ्देल, वुद्दि तामाङ, रविन्द्र झा , अन्कित खड्काको मुख्य भूमिका छ ।हिमाल शर्माको प्रस्तुतिमा तयार भएको फिल्ममा जय श्रेष्ठको लगानी छ ।  फिल्मको कथावस्तु गाउँ केन्द्रित रहेको छ ।