निर्देशक निस्चल बस्नेतको फिल्म `दिमाग खराब´ को मुर्हत गरिएको छ । ६ बर्ष पछि निर्देशनमा फर्किएका निस्चलले बुढानिलकण्ठ मन्दिरमा फिल्मको मुहूर्त गर्दै उनले काभ्रेबाट छायांकन सुरु गरेका हुन् । आकाश बरालको पटकथा लेखन रहेको फिल्ममा खगेन्द्र लामिछाने, दयाहाङ राई, अर्पण थापा, स्वस्तिमा खड्का र विजय बराल मुख्य भूमिकामा छन् ।ब्ल्याक हर्स पिक्चर्स र सिनेमा आर्टस्को ब्यानरमा निर्माण हुने फिल्ममा निर्मातामा रौनक विक्रम कँडेल र कार्यकारी निर्मातामा सुरज बम ठकुरी छन् ।३५ दिनको सेड्युल राखिएको फिल्म जनता र शक्तिको कथामा बन्नेछ । फिल्म आगामी कात्तिक २४ गतेबाट प्रदर्शनमा आउनेछ ।