फिल्म `प्रेम गीत ३´ ले भारतिय सिने नगरमा नेपाली फिल्मको ढोका खोल्दे पछि पछिल्लो समय भारतिय सिने बजार तर्फ नेपाली फिल्मकर्मीहरु आकर्षित बनेका छन् । यस् फिल्म पछि थुप्रै नेपाली फिल्महरु हिन्दीमा डब भैसकेका छन् । हिन्दी बजार तर्फ आकर्षित हुने सुचीमा फिल्म `परस्त्री´ पनि परेको छ । यतीबेला हिन्दी डबको काम भैरहेको फिल्मको गीतको लागी पनि भारतका चर्चित तीनजना गायक/गायिकालाई अनुबन्धित गरिएको छ । अमित मिश्र, सोनल प्रधान र कुणाल गाञ्जावालाको आवाज अब फिल्ममा सुन्न सकिन्छ । फिल्मका निर्देशक सुरज पाण्डे हुन् । डिएस डिजिटलको व्यानरमा निर्माण भएको फिल्मकी निर्मात्री शर्मिला पाण्डे हुन् । कोसिस क्षेत्री, शिल्पा मास्के, गौरव विष्ट, अलिसा क्षेत्री, अशान्त शर्मा लगायतका कलाकारको फिल्ममा मुख्य भूमिका रहेको छ । लेखक तथा निर्माता दीपेन्द्र के खनालको कथा रहेको फिल्मलाई नीरज कँडेलले खिचेका छन् । असार १५ गतेबाट फिल्म रिलिजमा आउदै छ ।