फिल्म ‘नीरफूल’ को लिरिकल भिडियो सार्वजनिक गरिएको छ ।`जिन्दगीकै डुंगा´ बोलको गीतमा गायक राजेशपायल राईको स्वर सुन्न सकिन्छ भने चन्द्रकुमार दोङले गीतमा संगीत भरेका छन् ।फिल्मको निर्देशन फूलमान बलले गरेका हुन् ।आगामी जेठ २६ गते देशभर रिलिज हुन लागेको फिल्म ‘नीरफूल’ मा दयाहाङ राई, बुद्धि तामाङ, शान्ति वाइबा, जिग्मे छ्योकी लगायतको अभिनय  रहेको छ । 

 

सोनाम डोमा कार्यकारी निर्माता रहेको फिल्ममा निर्माताको रुपमा माया केसी,  दीपक श्रेष्ठ, चन्द्रमाया तामाङ, उदय लामा, रोज लामा, इन्द्र तामाङ,  दिनेश लम्तरी मगर, अजितमान तामाङ, दिजेश श्रेष्ठ, तेन्जिन सोनाम लामा, गणेश थापा, अशोक थापा, बिके श्रेष्ठ लगायत छन् ।२०७२ सालको महाभूकम्प र परिवारका सदस्य हराएको कथावस्तुमा फिल्म आधारित छ ।