` किड्स क्यापिटल २०२३´ सम्पन्न भएको छ । ‘टच इन्टरटेन्मेन्ट एन्ड स्पर्श फिल्म्स्, पेजेन्ट नेपाल इन्टरनेस्नल र ब्राइट इभेन्ट मेनेजमेन्टको संयुक्त आयोजनामा राजधानीमा हालै सम्पन्न गरिएको हो । उक्त पेजेन्टमा दिप्सन चिलुवाल ,इस्लिया गुरुङ, सुहन पुन र मिमिक राना मगर किड्स क्यापिटल नेपाल २०२३ चुनिएका हुन् । त्यसै गरी, स्टिफन आले र सुरवी बस्नेत लिटिल प्रिन्स एन्ड प्रिन्सेस, केया बी श्रेष्ठ पहिलो, छिरिङ डोल्मा शेर्पा दोश्रो , इभानजेलिना आले तेश्रो, इम्प्रेसा तामाङ चौथो र अग्रिम अधिकारी रनर्सअप भएका छन्।त्यस्तै, सुसन पुन र मिप्साङ लामा किड्स आइकन, अविन अधिकारी र क्रिशा लामिछाने लिटिल स्टार, दिप्सन चिलुवाल र क्रिशा लामिछाने मस्ट पपुलर तथा दिप्सन चिलुवाल र छिरिध्र डोल्मा शेर्पा पब्लिक च्वाइस अवार्ड विजेता भएका हुन् । प्रतियोगितामा विभिन्न विद्यालयका पाँचदेखि १२ वर्षसम्मका २० बालबालिका सहभागी भएका थिए।प्रतियोगितामा कविराज गहतराज, बिना श्रेष्ठ, सवित बज्राचार्य, गोपाल ढकाल, प्रनिमा दाहाल, शिशिर खाती, कृष्ण श्रेष्ठ, विपिन खड्का र मिलेनियम तण्डुकार शाह निर्णायक रहेका थिए। साथै,अघिल्लो वर्षसम्म किड्स क्यापिटलका नाममा हुँदै आएको प्रतियोगिता यस वर्षबाट किड्स क्यापिटल नेपालका रूपमा भएको तथा अब अन्तर्राष्ट्रिय प्रतियोगिताका रूपमा किड्स क्यापिटल वर्ल्डसमेत हुने बताइएको छ ।