शुक्रवार सार्वजनिक भएको चलचित्र रोमियोको ट्रेलरलाई दुई दिनमा दुई लाख बढीले हेरेका छन् । नायक हसनराजा खानको निर्माण तथा शीर्ष भूमिका रहेको चलचित्रको ट्रेलर हाल टेड्रिङ नम्बर ३५ मा रहेको छ । शङ्कर कार्की निर्दे्शित चलचित्रको ट्रेलरमा रोमियो अर्थात् हसन, नायिका निशा अधिकारी, नव नाकिया ओसिमा बानु, अभिनेत्री मेलिना मानन्धर, कलाकार भानु प्रताप लगायत प्रस्तुत छन् । लभ रोमान्स, बिछोड र बदलाको भाव झल्किने ट्रेलरमा नायिका निशा अधिकारीको भूमिका भने खुलाइएको छैन ।

 

किरन माइकलको लेखन रहेको चलचित्र रोमियोमा तारा प्रकाश लिम्बु, सुनिल सन्डे कुर्वान खान र योगेश काजीको सङ्गीत रहेको छ । कात्तिक २४ गते प्रदर्शनमा आउन लागेको चलचित्रलाई हसनको साथै आशिका श्रेष्ठ र विष्णु कार्कीको लगानी रहेको छ ।