लामो समय देखी अभिनयबाट टाढा रहेकी अभिनेत्री विपना थापाले फिल्ममा काम गर्ने बताएकी छन् । गत बिहिबार नेपाल आएकी थापाले अब फिल्मलाई निरन्तरता दिने बताएकी हुन् । एक अवार्द समारोहको लागी नेपाल आएकी उनले पत्रकारको प्रश्नमा फिल्मलाई अभिनय गर्ने बताएकी हुन् । थापा भन्छिन्:अब छोरा ठूलो भइसकेको छ । यसैले म फुर्सदिलो छु र फिल्ममा काम गर्न कुनै समस्या छैन । मलाई म्युजिक भिडियोमा पनि काम गर्नु रहर छ ।’ फिल्मबाट प्रस्ताव पनि आइरहेको उनको भनाइ छ । साथै, ‘ह्रस्वदीर्घ अगस्टदेखि सुटिङ हुँदैछ । अरु एक–दुईवटा फिल्मसँग कुरा भइराखेको छ । म्युजिक भिडियोबाट प्रस्ताव आयो भने त्यो पनि गर्छु ।’