भाद्र १ गतेबाट प्रदर्शनमा आउने फिल्म `नम्बरी सुन´ सेन्सरबाट पास भएको छ।चलचित्र बिकास बोर्ड अन्तरगतको सेन्सरले फिल्म हुर्रेलाई पिजी सर्टिफिकेट दिएको छ। मतलब अब यो फिल्म हेर्नको लागि १६ वर्षमुनिका बालबालिकाले अभिभावकको साथमा जानुपर्नेछ। राजु गिरीको निर्देशन नारायण खातीको कथा तथा प्रस्तुतीमा निर्माण भएको फिल्ममा गौरव पहारी, नम्रता सापकोटा, सरोज खनाल, राजाराम पौडेल, बुद्धि तामाङ, किरण नेपाली , सविन बास्तोला, विनोद न्यौपाने,गीता अधिकारी, स्मृती ओली, अस्मिता बस्नेत, नारायण खाती, लक्ष्मण विक्रम बस्नेत, माया श्रेष्ठ, हिरादेवी श्रेष्ठ, रोजिना कार्की, संगीता शर्मा आशा भारती र अनिता गिरी लगायतका कलाकारको अभिनय रहेको छ । सुवर्ण शिभान्स प्रोडक्सनकोे ब्यानरमा निर्माण भएको फिल्ममा काजल गिरी, कंगना गिरी, बिमर्स कुँवर, सक्षम गहतराज, श्रीयान्स खाती लगायतका बाल कलाकारको पनि अभिनय छ । शिभम् अधिकारीको पटकथा तथा संवाद लेखन रहेको फिल्मलाई सरोज खाती, सविन खाती र मनोज रिजालले निर्माण गरेका हुन् । नम्बरी सुनमा अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत,रामजी लामीछाने नृत्य निर्देशक रहेको छ । दिव्य सुवेदीको छायांकन, देव महर्जनको द्धन्द्व निर्देशन रहने छ मुख्य सहायक निर्देशनमा जिबन गौतम रहेका छ्न भने प्रोडक्सन म्यानेजरमा अनिष अधिकारी छ्न् । फिल्म लमजुङको भुजुङ्ग गाउँ, मनाङ र काठमाडौंका विभिन्न ठाउँमा छाँयाकन गरीएको छ ।