यो बर्षको मिस नेपाल वर्ल्डको उपाधि श्रीच्छा प्रधानले  जितेकी छिन् । शनिबार गोदावरीस्थित सनराइज सम्मेलन हलमा आयोजित ग्राण्ड फिनालेमा उनलाई अघिल्लो वर्षकी मिस नेपाल प्रियंकारानी जोशीले पहिरिदिएकी हुन् ।फिनालेमा प्रसिद्धी शाहले मिस नेपाल इन्टरनेसनल र रैना मजगैयाँले मिस नेपाल अर्थको उपाधि जिते । समारोहमा १२ सहविधाका विजेता समेत घोषणा गरियो ।