फिल्म ‘दिलमाया २’को गीत ‘छुट्छ कि साथ’ सार्वजनिक भएको छ । गायिका दुर्गा खरेलको ओरिजिनल भर्सन रहेको गीतको नयाँ भर्सनमा सरु गौतमले स्वर दिएकी हुन् । गीतमा राजेन्द्र बजगाईको एरेन्ज, मनोज परियारको मिक्सिङ तथा मास्टरिङ छ ।गीतको भिडियोमा अभिनेता किरण नेपाली र डेव्यु अभिनेत्री सेन्जल पौडेल फिचर्ड छन् ।

 

आगामी भाद्र २२ गतेबबाट प्रदर्शनको तयारीमा रहेको फिल्मलाई राजु गिरीले निर्देशन गरेका हुन् । फिल्मको निर्माता शंकर गिरी, पूर्णकला गिरी र सरिता गिरी हुन् । फिल्ममा सबिन बास्तोला, राजु गिरी, अस्मिता बस्नेत, नारायण खाती, हिरादेवी श्रेष्ठ, माया श्रेष्ठ, काजल गिरी, कंगना गिरी, कमल वली, मिठु ठाकुर, बाबुराम शाक्य र एसपी उप्रेतीको अभिनय पनि देख्न सकिन्छ  ।