म्युजिक भिडियो `सकम्बरी´ बाट चर्चामा आएकी मोडल हुन् कुशुम शर्मा । सकम्बरी पात्र निभाएकी कुशुमलाई उक्त गीतले एकाएक चर्चामा ल्यायो । उनको अभिनयलाई दर्शकले अत्याधिक रुचाए । गायक प्रकाश सपुतको आवाज, शब्द र रचना रहेको गीतलाई हाल सम्म ३३ मिलिएन दर्शकले हेरिसकेका छन् । तस्विर :विकाश अर्याल



उक्त गीतमा मान्छेलाई अभावले कहाँ पुर्याउँछ भन्ने सन्दर्भलाई जोडदाररुपमा देखाइएको छ ।बुबाले दोस्रो बिहे गरेपछि आमा बहिनीको लालनपालनका लागि एक युवतीले गरेको संघर्षलाई देखाइएको छ । भने कामको शिलशिलामा अवसरवादीहरुबाट कसरी शोषणमा युवतीहरु पर्न बाध्य हुन्छन् भन्ने कुरालाई समेत प्रस्तुत गरिएको छ ।