शुक्रवार सम्पन्न भएको ईनास अवार्डमा चलचित्र 'जात्रा' बाट अभिनेता बिपिन कार्कीले उत्कृष्ट अभिनेताको अवार्ड हात पारेका छन् । राष्ट्रिय सभा गृहमा आयोजना भएको अवार्ड कार्यक्रममा उत्कृष्ट निर्देशकको अवार्ड 'वीर विक्रम'बाट मिलन चाम्सले उठाए । ‘डाइङ क्यान्डल’बाट सृजना सुब्बाले उत्कृष्ट नायिकाको अवार्ड उचालिन् । त्यस्तै कार्यक्रममा सक्रिय चलचित्र पत्रकारिता पुरस्कार अनलाइन खबरका विजय सुवेदी आवाज, ठुलो पर्दाका जीवन पराजुली र रेडियो अडियोका लोकराज अधिकारी वितरण गरियो । चलचित्र तर्फको प्रोत्साहन पुरस्कार ‘तुयुमती’, ‘दर्पण छायाँ २’, ‘नमस्ते नेपाल’ र ‘फन्को’ले पाए ।


ईनास अवार्ड पाउने विधाहरु यस प्रकार छन् :
१.उत्कृष्ट द्वन्द्व निर्देशक : राजकुमार उप्रेती ‘लुट ’
२.उत्कृष्ट नृत्य निर्देशक : कविराज गहतराज ’’छक्का पन्जा’
३.उत्कृष्ट सम्पादक : मित्र गुरुङ ‘जात्रा’
४.उत्कृष्ट छायांकार : दिवान्कर सिग्देल र रविन आचार्य ’डाइङ क्यान्डल’
५.उत्कृष्ट गीतकार : दयाराम पान्डे ‘पलाँस’
६.उत्कृष्ट सङगीतकार : राजनराज शिवाकोटी ’छक्का पन्जा’
७.उत्कृष्ट गायिका : अन्जु पन्त ‘पुर्व पश्चिम रेल’ ’छक्का पन्जा’
८.उत्कृष्ट गायक : तारा प्रकाश लिम्बू ’हारे हारे’  ‘विरविक्रम’
९.उत्कृष्ट पटकथा : दिपेन्द्र लामा ‘घामपानी’
१०.उत्कृष्ट खलनायक : सौगात मल्ल  ‘लुट २’
११.उत्कृष्ट नव निर्देशक : दिपाश्री निरौला ’ छक्का पन्जा’
१२.उत्कृष्ट हास्य कलाकार : केदार घिमिरे  ‘छक्का पन्जा’
१३.उत्कृष्ट सह अभिनेत्री : बर्षा राउत ’छक्का पन्जा’
१४.उत्कृष्ट सह अभिनेता : माओत्से गुरुङ ‘पुरानो डुङ्गा’
१५.उत्कृष्ट नव नायक : सुरज पान्डे ‘लभ लभ लभ’
१६.उत्कृष्ट नव नायिक : दिया पुन ‘वीर विक्रम’
१७.उत्कृष्ट निर्देशक : मिलन चाम्स ’वीर विक्रम’
१८.उत्कृष्ट नायिका : सृजना सुब्बा ’डाइङ क्यान्ड्ल’
१९.उत्कृष्ट नायक : विपिन कार्की ’जात्रा’
२०.उत्कृष्ट फिल्म : जात्रा