फिल्म ‘ज्वाइँ साब’निर्माण हुने भएको छ । निर्देशक वसन्त निरौलाले नयाँ फिल्म बनाउने घोषणा गरेका हुन् । रेड आई फिल्मस्को प्रस्तुति रहेको फिल्ममा शंकर धितालको पटकथा तथा संवाद छ । निर्देशक निरौलाका अनुसार, फिल्मका लागि कलाकारहरुको भने छनोट जारी छ । कमेडी र पारिवारिक कथामा निर्माण हुने फिल्मको छायांकन नेपाल, क्यानडा र अष्ट्रेलियमा गरिनेछ ।