नेपाल ग्रामीण सिनेमा महोत्सव’को दोस्रो संस्करण आयोजना हुने भएको छ ।जेठ २५ गतेदेखि २७ गतेसम्म आयोजना हुन लागेको महोत्सव काभ्रेको भकुन्डेबेसीमा गरिन लागिएको हो । विकास बोर्डले सहकार्य गरेको तीन दिने महोत्सवको खर्च १५ लाख अनुमान गरिएको छ ।महोत्सवमा गाउँले परिवेशमा बनेका स्वदेशी फिचर तथा लघु फिल्म, डकुमेन्ट्री तथा भाषाभाषीका फिल्महरु देखाइने छ ।महोत्सवमा २६ वटा फिल्महरु सहभागी हुनुका साथै गत फागुनमा महोत्सवमा सहभागी हुने फिल्महरुको दर्ता खुल्ला गरिएको थियो ।