फिल्म ‘नाङ्गो गाउँ’ अमेरिका र क्यानडाको २२ बढी राज्यका ५० बढी शहरमा प्रदर्शन हुने भएको छ । नेपाल इलेभेनले फिल्मको अमेरिका र क्यानडाको राइट्स लिएको हो । अमेरिकामा मात्रै ४ सय बढी शोजको टुंगो लागिसकेको छ । दीपेन्द्र लामाको निर्देशन र कथा रहेको फिल्ममा
दयाहाङ राई र मिरुना मगर मुख्य भुमिकामा छन् । हिमाल शर्माको प्रस्तुतिमा तयार भएको फिल्ममा जय श्रेष्ठ निर्मातामा छन् । आलोक शुक्लाको छायांकन रहेको फिल्मलाई बनिष शाहले सम्पादन गरिरहेका छन् ।फिल्ममा शिशिर वाङ्देल, वुद्दि तामाङ, रविन्द्र झा, विशाल पहाडी, अंकित खड्का, पुष्कर गुरुङ, राज थापा, कमलमणि नेपाल, घनुभाई जोशी, निमा पाण्डेलगायतको पनि अभिनय छ । हिमाल शर्माको प्रस्तुतिमा तयार भएको फिल्ममा जय श्रेष्ठ निर्मातामा छन् ।आगामी भदौ २९ गतेबाट फिल्म प्रदर्शन हुँदै छ ।