अटिजम कथालाई उठान गरिएको फिल्म ‘मीराः स्याडो अफ अ रेन्बो’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा फिल्ममा रहेका तिन पात्रलाई देखाइएको छ । उक्त पोस्टरले फिल्मको थिमलाई बुझाउन खोजेको छ । केही समय अघी सार्वजनिक गरिएको पोस्टरमा दुई महिला र एक बच्चालाई प्रस्तुत गरिएको छ । पोस्टरमा नायिका सुरविना कार्की, अनिता पण्डित र बाल कलाकार आश्वि घिमिरेलाई राखिएको छ ।अनिता पण्डितको निर्देशन , कथा र अभिनय रहेको फिल्मले अटिजमका साथै रिलेशनसिपलाई एक्सप्लोर गर्न चाहने एक आमाको संघर्षको कथालाई उठान गरेको छ । फिल्मको रिलिज मिति भने तोकिएको छैन । फिल्ममा सुरविना कार्की, निशान चौहान, कैलाश रावल र रोशनी कार्कीको अभिनय देख्न सकिन्छ ।