नायिका निता ढुंगानाको निर्देशनमा निर्माण भएको म्युजिक भिडियो `प्रतिक्षा´ सार्वजनिक गरिएको छ । भिडियोमा कर्ण दासको स्वर तथा संगीत सुन्न सकिन्छ ।गीतको शब्द रचना सचिता कर्माचार्यको रहेको छ ।
सार्वजनिक गीतमा अभिनेत्री गौरी मल्ल, सुरेश शिल्पकार, गजित बिष्ट, गोपालकाजी कायस्थ, सृष्टी भुजेल, दिव्या कार्की, उषा डंगोल, बिना डंगोल, पुजा श्रेष्ठ, समिक्षा गदाल, पुष्पा बिश्वकर्मा, डिबी घिमिरे, सरोज खड्की र रामभक्त कोइराला लगायतको अभिनय देख्न सकिन्छ । संजय लामाले खिचेको गीतको भिडियोलाई मिला श्रेष्ठले सम्पादन गरेका हुन् ।