फिल्म ‘ह्यासट्याग माया’को छायांकन सुरु भएको छ । लुम्बिनी प्रदेशको बर्दिया राष्ट्रिय निकुञ्जमा पहिलो दिन बाट फिल्मको छाँयाकन सुरु गरिएको हो । फिल्ममा अभिनेता सारुक ताम्राकार र अभिनेत्री नम्रता श्रेष्ठ मुख्य भुमिकामा रहेका छन् । फिल्मको निर्देशन राजिव गुरुङले गरिरहेका छ्न् । शर्मिला थापाको लगानी रहने फिल्मको कथा मायामै केन्द्रीत छ ।रे भेन्चर्स प्राइभेट लिमिटेडको ब्यानरमा निर्माण भईरहेको फिल्ममा निर्देशक गुरुङ र आशुतोष श्रेष्ठको लेखन, उज्वल जोशीको छायांकन रहेको छ । फिल्मको छायांकन बर्दियापछि काठमाडौं २० दिन र धरानमा ५ दिन समेत गरिनेछ ।फिल्ममा नम्रता र सारूकका अलवा रोय श्रेष्ठ, निकिता आचार्य, केनिपा सिंह, सुदाम सिके लगायतको अभिनय देख्म सकिन्छ ।