फिल्म ‘सिद्धार्थ’को घोषणा गरिएकोे छ । सनम कुमार बैरागको निर्देशनमा बन्न लागेको फिल्मको घोषणा लण्डनबाट गरिएको हो। भिजन संसार र स्रित फिल्म एण्ड इन्टरटेन्मेन्टको ब्यानरमा बन्ने फिल्मको निर्मातामा श्रीदेव बिएल ,शारदा खड्का अर्याल, दिनेश केसी र युके बाट दील घले र नबिन थापा रहेका छन् । माघबाट फ्लोरमा जाने फिल्मको लागि क्याप्टेन विजय लामा, पृथ्वीराज केसी र बिभिया श्रेष्ठले अभिनयको टुंगो लागिसकेको छ भने अन्य कलाकारको छनोट बाँकी नै रहेको छ ।