फिल्म ‘फनफनी’ निर्माण हुने भएको छ । `बुलाकी´ निर्देशक लक्षमण सुनुवारको निर्देशनमा बन्न लागेको फिल्ममा अभिनेता अभिनेता आर्यन अधिकारी फाइनल भएका छन् । हरि मल्ल ठकुरी तथा गणेश मल्ल ठकुरीले संयूक्तरुपमा निर्माण हुने फिल्म हास्यरसमा पारिवारिक कथामा बन्ने छ । तिहारपछि फ्लोरमा जाने तयारीमा रहेको फिल्मको बाँकी कास्ट तथा क्रु फाइनल गरेर निर्माणपक्षले औपचारिक घोषणा गर्ने तयारी गरेको छ ।