कात्तिक २४ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र मेलाको ट्रेलर सार्वजनिक भएको छ । मित्रताको साथै प्रेम झल्किने ट्रेलर कमेडी तरिकाले बनाइएको छ । ट्रेलरमा चलचित्रका मुख्य कलाकार सलोन बस्नेत, आमेश भण्डारी र अशिष्मा नकर्मी फिचरिङ छन् । हरी पन्तको प्रस्तुतीमा बसन्त निरौलाको निर्देशन रहेको चलचित्रलाई मनोज कुमार मरोदै लगानी गरेका हुन् । मेलामा प्रस्तुतकर्ता पन्तकै कथा, पटकथा र सह निर्देशन समेत रहेको छ ।