फिल्म ‘द अनब्रेकेबल : अगस्त्य’ को छाँयाकन सुरु गरिएको छ । भारतको गोरखपुरबाट फिल्मको पहिलो दृश्य खिचिएको हो । २५ दिन सम्मको उक्त ठाउँमा फिल्मको छाँयाकन गरिने छ । निर्देशक सुरभ चौधरीको निर्देशन रहने एक्सन थ्रिलर फिल्ममा अभिनेता सौगात मल्ल , नाजिर हुसेन, अभिनेत्री मलिका महत, प्रमोद अग्रहरी, रविन्द्र झा, विजय बराल लगायतको अभिनय रहने छ । फिल्मको कथा निर्देशक चौधरी स्वयंको हो । फिल्म दुई श्रृंखलामा निर्माण हुने छ । डार्क हर्स इन्टरटेन्मेन्टको प्रस्तुती रहने फिल्मलाई संजय लामाले खिच्नेछन् ।प्रकाश मल्ल र अनिश तामाङले निर्माण गर्ने यो फिल्मको बजेट दुई करोड रुपैयाँ बताइएको छ ।