फिल्म ‘नीरफूल’ लाई  प्रिमियरमा सकारात्मक प्रतिक्रिया मिलेको छ । गत बुधबार आयोजना गरिएको प्रिमियरमा फिल्मलाई सकारात्मक प्रतिक्रिया मिलेको हो ।प्रिमियरमा फिल्मकर्मी देखी पत्रकारहरुसम्मको उपस्थित थियो ।निर्देशक फूलमान वलले निर्देशन गरेको ‘नीरफूल’मा दयाहाङ राई, रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी लगायतले अभिनय रहेको छ । फिल्ममा निर्देशक वल र सचिन घिमिरेको पटकथा रहेको छ ।सोनाम डोमा कार्यकारी निर्माता रहेको फिल्ममा निर्माताको रूपमा कतारबाट माया केसी, बेलायतबाट दिपक श्रेष्ठ, इजरायलबाट चन्द्रमाया तामाङ, जापानबाट उदय लामा, अमेरिकाबाट रोज लामा, इन्द्र तामाङ, कोरियाबाट दिनेश लम्तरी मगर र नेपालबाट अजितमान तामाङ, दिजेश श्रेष्ठ, तेन्जिन सोनाम लामा, गणेश थापा, अशोक थापा, विके श्रेष्ठ लगायत छन् । प्रमोद कार्कीको छायाङ्कन, अर्जुन पोखरेलको सङ्गीत रहेको फिल्मको सम्पादन निमेष श्रेष्ठले गरेका हुन् । भोलिबाट फिल्म रिलिजमा आउँदै छ ।