अभिनेता दयाह्याङ राईले नयाँ फिल्म ‘कार्साङ’ सम्झौता गरेका छन् । याम शेर्पाको लेखन तथा निर्देशनमा बन्न लागेको फिल्ममा उनि अनुबन्धित भएका हुन् । तिहारपछि छाँयाकनमा जाने फिल्मलाई  यार्सा फिम्ल्सको ब्यानरमा निर्माण गरिन लागिएको हो । फिल्ममा दयाहाङबाहेक अरु कलाकार छानिएका छैनन् । आगामी असारमा अडिसनमार्फत् कलाकार छनोट गरिने निर्माण टिमको भनाइ छ । फिल्म एउटा समुदायको कथामा बन्न लागेको हो भने यस् फिल्मलाई पुरुषोत्तम प्रधानले छायांकन गर्नेछन् ।अहिले दयाहाङले फिल्म ‘दिमाग खराब’को छायांकन गरिरहेका छन् ।