गायक प्रकाश सपुतले क्यानाडामा प्रस्तुती दिने भएका छन् ।आउँदो जुलाई १६ मा ‘सकम्बरी साँझ विथ प्रकाश सपुत’ मा उनल्र आफ्नो प्रस्तुती दिने भएका हुन्  । आगन इभेन्ट्स एण्ड झुमर इन्टरटेनमेन्ट कर्पोरेशनको आयोजनामा हुनलागेको कार्यक्रम मिलक्रिक रोड, मिसीसागामा रहेको स्वागत ब्याङ्कवेट हलमा हुने छ । क्यानडा उनको यो पहिलो प्रस्तुती हो । कार्यक्रममा प्रवेशवापतको शुल्क क्यान्डीयन ३० (तीस) डलर राखिएको छ ।