आज शुक्रबार नेपाली फिल्म क्षेत्रको लागी उत्सबको दिन । चलचित्र कर्मी आफुले मिहिनेत गरेर बनाएको फिल्मको प्रदर्शन हुने दिन । अनि नेपाली फिल्म प्रेमीहरुको लागी आफुले रोजेको नयाँ चलचित्र हेर्न पाउने दिन । आज तपाई फिल्म हेर्ने योजना बनाउँदै हुनुहुन्छ ? यदी हुनुहुन्छ भने आजबाट दुई नेपाली फिल्म रिलिजमा आएका छन् । फिल्म `निरफूल´ र वेल्कम् टु हेम्जाकोट´निर्देशक फूलमान वलले निर्देशन गरेको ‘नीरफूल’मा दयाहाङ राई, रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी लगायतले अभिनय रहेको छ । फिल्ममा निर्देशक वल र सचिन घिमिरेको पटकथा रहेको छ ।सोनाम डोमा कार्यकारी निर्माता रहेको फिल्ममा निर्माताको रूपमा कतारबाट माया केसी, बेलायतबाट दिपक श्रेष्ठ, इजरायलबाट चन्द्रमाया तामाङ, जापानबाट उदय लामा, अमेरिकाबाट रोज लामा, इन्द्र तामाङ, कोरियाबाट दिनेश लम्तरी मगर र नेपालबाट अजितमान तामाङ, दिजेश श्रेष्ठ, तेन्जिन सोनाम लामा, गणेश थापा, अशोक थापा, विके श्रेष्ठ लगायत छन् । प्रमोद कार्कीको छायाङ्कन, अर्जुन पोखरेलको सङ्गीत रहेको फिल्मको सम्पादन निमेष श्रेष्ठले गरेका हुन् । यसै गरी सरोज पौडेलको लेखन तथा निर्देशनमा बनेको `वेल्कम टु हेम्जाकोट´लाई क्लोजअप सिने प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको हो । तेज प्रसाद दाहाल, जितेन्द्र गिरी, बाबुराम कार्की, सुमन खड्का फिल्मको निर्माता हुन् ।मिलन श्रेष्ठको एक्सन, मित्र गुरुङको सम्पादन, दिर्घ गुरुङको डीओपी, कविराज गहतराज र गम्भिर विष्टको कोरियोग्राफी, शास्वत श्रेष्ठको व्याकग्राउन्ड म्यूजिक, इन्दिरा जोशी, शान्तिश्री परियार, अस्मिता अधिकारी, राज सागर, राजन इशानको गीतमा स्वर फिल्ममा रहेको छ । फिल्ममा बुद्धि तामाङ, विनोद न्यौपाने, दिनेश खड्का, सन्दिप सिग्देल, अम्बिका तामाङ, सुजाइरा कार्की, विशाल पहारी, रवि गिरी, लक्ष्मीनाथ तिमल्सीना, रश्मी भट्ट, अस्मिता पन्त, शारदा गिरी, बलदिव राई, स्व.जयनन्द लामालगायतको अभिनय छ ।