नेपाली कथानक चलचित्र ‘अमेरिकन बोईज’ को निर्माण घोषणा गरिएको छ । आइतबार काठमाडौमा आयोजना गरिएको एक कार्यक्रमबिच चलचित्रको निर्माण घोषणा गरिएको हो । प्रवेश पौडेलको निर्देशन रहने चलचित्रमा अर्पन थापा, सुनिल थापा, हरिहर शर्मा, सन्दिप क्षेत्री, कामेश्वर चौरासिया, श्रृष्टि कार्की, आशिष् प्रसाई, अभय बराल, मनिष राउत, रुवि राणा, सुवास गजुरेल, शारदा गिरी लगायतका कलाकारको अभिनय रहेको छ । तिन जना युवाहरूले गरेको गल्तीको कारण सिर्जना हुने घटनाहरूलाई कथामा समावेश गरिएको छ ।इन्द्र प्रसाद खरेल क डम्बर चन्दले निर्माण गर्न लागेको चलचित्रलाई विवेक पाण्डेले लेखेका हुन्। डार्क कमेडी जनराको चलचित्रको छायाङ्कन भने नेपालमा नै हुने निर्माण पक्षले जनाएको छ ।निर्माण पक्षको अनुसार चलचित्रको नाम अनुसार चलचित्रको कथा वैदेशिक कथामा नरहेको बताएको छ ।  अमेरिका बोइजलाई आलोक शुक्लाले खिच्नेछन्। दीपक आर्जे, जयन वाइबाले फिल्मको लागि सङ्गीत दिंदैछन्।