अभिनेता सविन श्रेष्ठको फिल्म `बाघचाल´ को लागी अभिनेत्रीको खोजि गरिएको छ । निर्माण टिमले डिजिटल अडिसनबाट मुख्य अभिनेत्री छनोट गर्ने बताएको हो । सम्राट बस्नेतको निर्देशन रहने यस् फिल्मको लागी अडिसनमा सहभागी हुन चाहनेले दुई मिनेटको प्रस्तुतिसहित आफ्नो फोटो असार ७ गतेभित्र basnetsamrat99@gmail.com तथा ९८४३८३२४४ नम्बरमा ह्वाट्सएप गर्नुपर्नेछ ।उत्तरगया म्यूजिक एण्ड फिल्मस् र सविन फिल्मस्को व्यानरमा बन्न लागेको फिल्ममा सविन श्रेष्ठ र गण्डकी प्रदेशसभा सदस्य तथा पूर्व खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनाङे)को मुख्य भूमिका रहनेछ ।न्यू लक्ष्मी ज्वेलर्स (यूके)ले सहकार्य गरेको फिल्मको प्रस्तुतकर्तामा राजीव गुरुङ (दीपक मनाङे) छन् ।फिल्मका कार्यकारी निर्माता सविन श्रेष्ठ हुन् ।