फिल्म `अन्तिम संस्कार’को ओएसटी गीत ‘सर्को’ सार्वजनिक गरिएको छ । स्वप्निल शर्माको शब्द रचना, संगीत तथा स्वर रहेको छ । निर्देशक प्रदीप शाहीको निर्देशनमा तयार भएको `अन्तिम संस्कार’को छायांकन बाबु श्रेष्ठले गरेका हुन् ।
फिल्मको निर्माता विनोद सुवेदी खत्री हुन् । फिल्ममा विजय लामा, दीया पुन, रेश्मा घिमिरे, विशाल पहाडी, कृष्णभक्त महर्जन, एवन राज उप्रेती, त्रिचु राई, श्याम राई, धर्मेन्द्र आचार्य, सुरज खालिङ्ग राई, पासाङ्ग टि शेर्पा, सन्तोष लामा, सरोज कुमाल, अनु मगर, रेश्मा श्रेष्ठलगायतको अभिनय छ । फिल्म असार ८ गते बाट रिलिजमा आउने छ ।