गायक विशाल निरौला र गायिका अस्मिता अधिकारीको स्वरमा रहेको ‘दिलमा ठाउँ दियौ’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।  विशाल निरौलाको शब्द, संगीत, मिक्सिङ र मास्टरिङ रहेको छ । 

 

आर्ट मुभिजको प्रस्तुति रहेको गीतको भिडियोलाई रामजी लामिछानेको कोरियोग्राफी र निर्देशन गरेका हुन् । भिडियोमा शिव आर ठकुरी र सिजल कडरिया फिचर्ड छन् ।मानकृष्ण महर्जनको डीओपी, बन्दे प्रसादको सम्पादन, राजेन्द्र मोक्तानको कलर, सुदीप ढकालको प्रोडक्सन भिडियोमा रहेको छ l