फिल्म ‘गणपति’को नयाँ पोस्टर सार्वजनिक गर्दै रिलिज मिति तय गरिएको छ । जनै पूर्णिमाको अवसरमा आगामी भदौ १४ गतेबाट फिल्म प्रदर्शनमा आउने भएको हो । एबिगम्यान फिल्मसको ब्यानरमा लक्ष्मण थापाले निर्माण गरेको फिल्मलाई सविन अधिकारीले निर्देशन गरेका हुन् । फिल्ममा हरिबहादुर घलेको छायांकन छ ।फिल्ममा मुकुन भुसाल , मेनुका प्रधान ,जयनन्द लामा, कविता न्यौपाने, सूर्यमाला खनाल, प्रकाश घिमिरे, राजाराम पौडेल, पुष्कर गुरुङ, अंशु मानन्धर, कालु राना, टीका भक्त जिरेल, देवेन्द्र बब्लु, शुशील पोखरेललगायतको पनि अभिनय छ । अधिकारी स्वयंको लेखन रहेको ‘गणपति’मा मुकुन भुषाल टाइटल क्यारेटरमा छन् ।