निर्देशक दीवाकर भट्टराई नयाँ फिल्मको तयारीमा लागेका छन् । ‘मायावी’ नाममा उनले फिल्म निर्माण गर्न लागेका हुन् । फिल्ममा फिल्ममा दीपिका प्रसाईं र आशिर्वाद क्षेत्रीको मुख्य भुमिका रहने छ । लभस्टोरी कथामा बन्न लागेको फिल्मको पटकथा निर्देशक भट्टराई स्वयंको हो ।आशिर्वादले फिल्म ‘नाईं नभन्नू ल ६’बाट डेब्यू गरेका थिए ।आगामी असारपछि छायांकनमा जाने फिल्मको बजेट २ करोड अनुमान गरिएको छ ।