अनलाइन बेटिङ एप 'वान एक्स बेट'मा सट्टेबाजी गर्ने र त्यसको विज्ञापन गरेको आरोपमा कलाकार बल्छि धुर्वे मरिचमान श्रेष्ठ सहित ८ जना पक्राउ परेका छन्। पक्राउ परेका कलाकारहरूले युट्युबमार्फत् वानएक्स बेटको विज्ञापन गरेको आरोप छ। युट्युबमा प्रोमो कोड प्रयोग गरी वानएक्स बेटिङमा छुट प्राप्त गर्न सकिने भन्दै विज्ञापन गरेको देखिन्छ। त्यसरी अपरेसन चलाएर बुधबारमात्रै बेटिङका पाँच जना एजेन्टलाई पक्राउ गरी सार्वजनिक गरेको थियो।