जेम्स प्रधानको निर्देशन रहेको सर्ट फिल्म 'सर्ट टर्म मेमोरी लस' सार्वजनिक गरिएको छ । गायक, संगीतकार, एरेञ्जर लगायतको परिचय बनाइसकेका प्रधानले अब निर्देशक रुपमा पनि आफुलाई स्थापित गरेका हुन्  । सर्ट फिल्ममा समिसन जिसी र बेदना राईको अभिनय रहेको छ । 

यी दुईको खोला किनारमा हुने भेटले निम्तिने परिस्थितीलाई चित्रण गरिएको छोटो फिल्म १९  लम्बाईको रहेको छ । यसमा श्याम तामाङले छायांकन, कपिल पराजुलीले रंग संयोजन, जेसिका प्रधानले सम्पादन गरेका छन् ।