चलचित्र 'ह्याप्पी न्यु ईयर’को शीर्ष गीत सार्वजनिक भएको छ । नवराज बस्नेतको स्वरमा रहेको गीत आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रम बिच सार्वजनिक गरिएको थियो । प्रेम भाव झल्किने गीतमा चलचित्रको मुख्य कलाकार कुशल थापा र सन्ध्या केसी फिचरिङ  छन् । देव कुमार श्रेष्ठको निर्देशन रहेको चलचित्रको अधिकांश भाग अस्ट्रेलियामा छायाङ्कन गरिएको छ । लभ स्टोरी जनरा रहेको चलचित्रमा सन्ध्या र कुशलको साथमा पुकार गौतमको अभिनय रहेको छ ।  'चलचित्र भन्नु भन्दा बढी हेर्ने कुरा हो । हामी लगायतका टिमले मेहनत गरेका छौ ' , निर्देशक श्रेष्ठ बताउछन् । सार्वजनिक गीतमा विनोद ढकालको शब्द तथा सङ्गीत रहेको छ । चलचित्र पौष १४ गतेबाट देशभर प्रदर्शनमा आँउने भएको छ ।