नायिका पूजा शर्मा फिल्म ‘दान्भी’ मार्फत एक्सन लेडीको भुमिकामा देखिने भएकी छिन् । रुपेश तामाङको निर्देशनमा बन्न लागेको फिल्ममा उनि देखिन लागेकी हुन् । फिल्मको घोषणा गर्दै शुक्रबार सार्वजनिक गरिएको तीनवटा पोस्टरमा उनलाई रोमान्टिक र एक्सन मूडमा प्रस्तुत गरिएको छ ।फिल्ममा पूजाको जोडीको रुपमा मोडल कुन्साङ बोम्जन देखिएका छ्न् । फिल्ममा पवन राना मगर कार्यकारी निर्माताको रुपमा छन् । श्रवण कुमार श्रेष्ठ, गोकुल सुवेदी र हर्क बहादुर वाइवा फिल्मका सह-निर्माता हुन् । फिल्ममा पूजा टाइटल क्यारेटरमा रहनेछिन् ।फिल्मका अन्य कलाकार र प्राविधिक टिम चाँडै सार्वजनिक गर्ने निर्माण टिमको योजना रहेको छ । फिल्मको छायांकन नेपाल र सिक्किमको विभिन्न ठाउँमा हुनेछ ।