फिल्म‘काँडेतार’ यस वर्षको महाशिवरात्रीको दिनबाट प्रदर्शनमा आउने भएको छ । निर्माण टिमले फिल्मको पोस्टर सार्वजनिक गर्दै रिलिज मिति बारे जानकारी गराएको हो । नवल खड्काद्वारा निर्देशित, निर्मित तथा अभिनीत फिल्ममा मणि थापा र दीपक शर्माको संगीत, सौरभ लामाको छायांकन, तारा थापा ‘किम्भे’ र बन्दे प्रसादको सम्पादन छ ।नवलसँगै माकिको राई र अञ्जु केसी निर्माता र सत्यकला राई कार्यकारी निर्माता रहेको ‘काँडेतार’मागौरव पहारी, रेविका गुरुङ, सुरविना कार्की, मुरलीधर, प्रेम सुब्बा, परशुराम चौधरी, सञ्जय खतिवडा, राजेन्द्र भगत, पन्नालाल सिकदार, प्रकाश गिरी, बाल कलाकारहरु नादिया खड्का, सनया खड्कालगायतको पनि अभिनय छ ।