`सकम्बरी´ मोडल कुशुम शर्मा अब फिल्ममा देखिने भएकी छन् । निर्देशक दिनेश श्रेस्ठको निर्देशनमा बन्न लागेको फिल्म ‘सञ्जीवनी’बाट उनले अभिनेत्रीको रुपमा डेब्यू गर्न लागेकी हुन् । उनको अपोजिटमा अभिनेता आर्यन सिग्देल देखिने छ्न् । निर्माण टिमले मंगलबार एउटा पोस्टर सार्वजनिक गर्दै फिल्मको नाम र मुख्य कलाकारको बारेमा जानकारी गराइएको हो ।आशिर सुवेदी प्रस्तुतकर्ता रहेको फिल्म सिल्भर लेक पिक्चर्डको ब्यानरमा बन्न लागेको हो । फिल्म लभस्टोरी कथामा बन्ने निर्देशक श्रेष्ठले जानकारी दिए ।आगामी भदौबाट छायांकन सुरु हुन लागेको फिल्ममा आर्यन र कुसुमका साथै श्रद्धा क्षेत्री, अर्जुन श्रेष्ठ, अन्सुया श्रेष्ठको पनि अभिनय रहनेछ ।